सर्वोच्चद्वारा नहकुल सुवेदीकाे याेग्यतामा प्रश्न उठाउँदै दायर भएकाे रिट खारेज

0

काठमाडौं : सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य नभएको भन्दै दायर भएको रिट निवेदन खारेज गरेको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको भन्दै न्यायपरिषद्लाई विपक्षी बनाइ निर्णय बदरको माग गरी सर्वोच्चमा रिट दायर गरेका थिए ।

भण्डारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजप्रसाद केसीको एकल इजलासले रिट नै खारेज गर्ने आदेश गरेको हो ।

सर्वोच्चले रिट खारेजी फैसला गर्दै सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुबै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने ठहर गरेको छ ।

सर्वोच्चले रिट खारेजको निर्णय गरेसँगै नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको छ ।

न्याय परिषद्ले गत २८ फागुनमा सर्वोच्चमा रिक्त दुई न्यायाधीश पदमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.