म्यानमारमा एकै दिन ८० जनाभन्दा बढीको गोली हानी हत्या

0

एजेन्सी : म्यानमारमा प्रजातन्त्रको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीमाथि सैनिक सत्ताको ज्यादती बढेर गएको छ ।

सेनाले म्यानमारको बागो शहरमा प्रजातन्त्र पुनर्वहालीको माग गर्दै प्रदर्शनमा उत्रिएका ८० जना भन्दा बढिको हत्या गरेको बताइएको छ ।

हत्या गरिएकाहरुको शव सेनाले नै लिएर गएकोले मारिनेको सही संख्या थाहा पाउन कठिन भएको जनाइएको छ । प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार सुरक्षाकर्मीले राइफलसहितका हतियार प्रयोग गरेका थिए ।

उनीहरुले आफु हिँडेको बाटोमा पर्ने सबैमाथि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्यान गुमाउनेको वास्तविक संख्या बाहिर आए भन्दा धेरै हुन सक्ने अनुगमन समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ ।

गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएर सेनाले शासन आफ्नो हातमा लिएयता प्रदर्शनमा उत्रिएका ६०० जना भन्दा धेरैको ज्यान गइसकेको । आफ्नो शक्ति कायम गरिरहनका लागि सेनाले हिंसात्मक गतिविधि बढाउँदै लगेको छ ।

Leave A Reply

Your email address will not be published.