सरकारले लखनउको घोडाले पनि देख्ने गरी काम गरेको छ : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लखनउको घोडाले पनि देख्ने गरी काम गरेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले तीन वर्षको अवधिमा धेरै विकासका काम भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले गरेको विकासलाई नदेखी सरकार परिवर्तनको खेल भइरहेको जिकिर गरे । तर, सरकार परिवर्तनको खेल आवश्यक नरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकार किन परिवर्तन गर्न खोजिएको ? भन्ने प्रश्न गर्दै भने, ‘सरकार किन परिवर्तन गर्न खोजिएको हो ?, के पुनर्निर्माणको काम भएकोले हो ?, के ३०९ अस्पताल शिलान्यास भएकोले हो ?, के १६५ रणनीतिक सडक शिलfन्यास भए भनेर हो ?, के ८ औद्योगिक क्षेत्रको शिलान्यास भएकोले हो ?,’ ओलीले भने, ‘सरकारले केही गरेन भन्छन् यति काम त लखनुउको घोडाले पनि देख्छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले कोभिड-१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरे । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरे । उनले भने, “सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ ।”

Leave A Reply

Your email address will not be published.