ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा विवेकहीन : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा विवेकहीन सरकार भएको बताएका छन् ।

शनिबार काठमाडौंको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौंथो केन्द्रीय परिषद्लाई सम्बमेधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा कम्युनिस्ट पार्टीको नेतृत्वको झन्डै दुईतिहाइको सरकार नै सबभन्दा विवेकहीन सरकारको रुपमा देखिएको बताएका हुन् ।

प्रचण्डले भने, ‘अहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । त्यो सबभन्दा विवेकशील हुनुपर्ने हो । सबभन्दा विधिसंगत हुनुपर्ने हो । तर, दुर्भाग्य ! अहिले स्थिति कस्तो भयो भने सबभन्दा विवेकहीन सरकार, नेपालको इतिहासमा कम्युनिस्ट पार्टीको नेतृत्वको झन्डै दुईतिहाइको सरकार नै सबभन्दा विवेकहीन सरकारको रुपमा देखिएको छ ।’

प्रचण्डले संविधानलाई मिच्ने र कुल्चने क्रम जारी रहे केही समयपछि विद्रोहमा जानुपर्ने अवस्था आउने बताए । उनले आफूहरु सकेसम्म सहज ढंगले जाने बाटो बनोस् भन्ने चाहना रहेको र आन्दोलन गर्नु परे पनि देश र जनतालाई दुःख नपर्ने खालको विद्रोहमा जान चाहेको बताए ।

त्यस्तै प्रचण्डले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताए । ‘केही दिनभित्रै कालो बादल हट्छ,’ प्रचण्डले भने, ‘यो प्रयास निरन्तर रुपमा अघि बढाइरहेका छौं ।’

Leave A Reply

Your email address will not be published.