पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति

0

काठमाण्डाैं : सांसद पद गुमाएका चार मन्त्रीले पुनर्नियुक्ति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार मन्त्रीलाई पुनर्नियुक्ति दिएकी हुन् ।

मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शुक्रबार बेलुका ५ बजे शपथ ग्रहण गर्ने तयारी छ ।

सङ्घीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ । 

एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पदबाट पनि पदमुक्त हुने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.