वायु प्रदूषण न्यूनीकरणका लागि राष्ट्रपति भण्डारीको आग्रह

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वायु प्रदूषण बढेकोमा चिन्ता व्यक्त गरेकी छन् ।

उनले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बिहीबार उक्त आग्रह गरेकी हुन् ।

उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छन् ।

No description available.
Leave A Reply

Your email address will not be published.