सरकारले जतिसुकै राम्रो काम गरे पनि आलोचना हुने गरेको छ : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकाले सचेत बन्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए । कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको प्रधानमन्त्रीको सुझाव छ ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि सरकारले जतिसुकै राम्रो काम गरे पनि आलोचना हुने गरेको गुनासो समेत गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागू गरिएको जानकारी दिँदै कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलिकृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले लामो समय विग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताए । तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको उनको दाबी छ ।।

Leave A Reply

Your email address will not be published.