ओली फाँसीवादी बाटोमा हिँडे : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

प्रो.माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटो फाँसीवादी बाटो भएको बताएका हुन् । उनले मुल्य मान्यताले वनाएका नियमहरुलाई उलंघन गर्दै समाजलाई निरङकुशता तर्फ प्रधानमन्त्री ओलीले धकेल्न खोजेको बताए । उनले फाँसीवादी बाटोको उदाहरण संसद विघटन भएको तर्क गरे ।

संवैधानिक निकाय र सबैतिर सेटिङले मात्रै चल्ने वातावरण बनाउनु राम्रो शंकेत नभएको उल्लेख गर्दै गलत प्रवित्तिको अन्त गर्न एकजुट भएर आन्दोलनमा जानसक्नुपर्ने तर्क गरे । अध्यक्ष प्रचण्डले अहिले भइरहेका क्रियाकलापको विरोध गर्न नसके माणिक लालश्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुन नसक्ने बताए ।

लामो समय निरंकुशताले मधेसी, महिला, आदिवासीलाई गरेको विभेद हटाउन आफूहरुले लामो युद्ध लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले विभिन्‍न आन्दोलनले स्थापित मुद्धाहरु र शहिदको रगतलाई खेर जान नदिने जिकिर गरे । उनले विकासको नाममा जनतामाथि दमन गर्न नपाईने बताए । वाम बुद्धिजीवी तथा नेपालभाषाका समालोचक प्रा. माणिकलाल श्रेष्ठको मेडिसिटी अस्पतालमा गत मंगलवार ८९ वर्षको उमेरमा मृत्यु भएको थियो । 

Leave A Reply

Your email address will not be published.