राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् ।

काठमाडौंको भृकुटीमण्डमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले धारा खोलेर मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गरेकी हुन् ।

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी ढुङ्गेधारा बनाइएको छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी भएका थिए ।

मेलम्चीको पानी हालसम्म महांकाल, मीनभवन, खुमलटार, अनामनगर र बालाजु क्षेत्रमा वितरण शुरु भइसकेको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी गत चैत १५ गतेदेखि काठमाडौंमा वितरण शुरु गरिएको हो ।

Leave A Reply

Your email address will not be published.