घाँस काट्न जाँदा हराएका ७ बालिका र किशोरी भारतमा भेटिए

0

महोत्तरी : महोत्तरीका सात बालिका र किशोरीको भारतको सीतामढीबाट उद्धार गरिएको छ ।

घाँस काट्न जाँदा बेपत्ता भएका भंगाहा नगरपालिका–८ धरमपुरका सात जना किशोरी तथा बालिका सीतामढीमा भेटिएको खबर आएपछि प्रहरी त्यसतर्फ गएर उनीहरुको उद्धार गरेको हो ।

हराएका बालिका भेटिएको खबरपछि महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यको नेतृत्वमा प्रहरी टोली सीतामढी गएको थियो । भारतीय प्रहरीको सहयोगमा बालिकाहरूलाई सीतामढीको रेल स्टेशनमा फेला पारिएको थियो ।

मंगलबार बिहान ११ बजे एकसाथ घाँस काट्न खेततिर गएका ५ बालिका र २ किशोरी बेपत्ता भएका थिए । 

ती किशोरी र बालिकाहरूले भारतको मुम्बईमा गायिका बन्न जान लागेको बयान दिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.