पाण्डेको जवाफ : ओलीले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न नसक्दा समस्या भएको हो (पत्रसहित)

0

काठमाडौं : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । 

जवाफमा नेता पाण्डेले आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हास्यास्पद भएको बताएका छन् ।

उनले प्रचण्डसँग १५ असोज २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र सिट बाँडफाँट गर्ने तथा ३ जेठ २०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधाआधा प्रधानमन्त्री हुने गोप्य सहमति ओली आफैंले गरेको समेत जवाफमा उल्लेख गरेका छन् ।

उनले ओलीले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न नसक्दा नै समस्या उत्पन्न भएको जिकिर गरेका छन् । ‘तपाईंबाट लोकतान्त्रिक विधिबाट पार्टी संचालन हुन सकेको भए पार्टीभन्दा गुट शक्तिशाली हुने अहिलेको अवस्था आउँदैनथ्यो’, उनले ओलीलाई बुझाएको ९ पन्ने स्पष्टीकरण पत्रमा भनिएको छ, ‘पार्टीका हरेक सदस्य गुटका पछाडि दौडिरहनुपर्ने र कुन गुट शक्तिशाली छ भनेर हिसाब गरिरहनु पर्ने हुँदैनथ्यो । गुटलाई बलियो बनाउन शक्तिशाली गुटका नेताद्वारा गरिने सदस्यहरुको ‘खरिद–बिक्री’ जस्ता घृणित गतिविधिहरु हुँदैनथे । गुटबन्दीकै कारणले भ्रष्टाचारमा डामिएकाहरु पुरस्कृत हुने र गुटको सेवा नगरे वापत दशकौँ पार्टी निर्माणमा लागेकाहरू अपमानित भएर बाँच्नु पर्ने हुँदैनथ्यो,’ उनले पत्रमा भनेका छन् ।

उनले महाधिवेशनका निर्णयका आधारमा पार्टीलाई पुनर्गठित गर्न तयार हुन पनि ओलीलाई सुझाव दिएका छन् । 

सरकारको असफलतापछि संसद विघटनजस्तो असंवैधानिक कदम चालेर यी सबैको भारी यो पार्टी र आन्दोलनलाई बोकाउनुका साथै ओलीले त्यतिले नपुगेर अझै पार्टी विभाजन गर्न खोज्नु रहस्यमय भएको उनको भनाइ छ । 

Leave A Reply

Your email address will not be published.