ओलीलाई भुसालको सुझाव : व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् (पत्रसहित)

0

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

उनले बुझाएको स्पष्टीकरणमा ओली कुनै पनि दिन दण्डित हुने दाबी गरेका छन् । उनले ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह पनि गरेका छन् ।

सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? भन्ने प्रश्न गर्दै भुसालले पार्टीलाई बन्धक बनाएर ओलीले सबै कुरा प्राप्त गरेको उल्लेख गरेका छन् ।

भुसालको स्पष्टिकरण पत्रमा ओलीले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै लगेको आरोप लगाएका छन् ।

‘अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्,’ उनको पत्रमा भनिएको छ ।

पत्रको अन्त्यमा भुसालले मेरो लाख–लाख अनुरोध छ, कमरेड भन्दै ओलीलाई यस पार्टीलाई अगाडि बढ्न दिन आग्रह गरेका छन् । ‘अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ’ भन्दै भुसालले ‘आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ’ भनी ओलीलाई सचेत पनि गरएका छन् ।

Leave A Reply

Your email address will not be published.