आज पहाडी र हिमाली जिल्लाहरुमा होली पर्व मनाइँदै

0

काठमाडौं : रङहरुको पर्व फागु आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।

बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि शुरु भएको थियो ।

रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो । तराइका जिल्लाहरुमा भने भोलि अर्थात सोमबार विशेष रुपमा यो पर्व मनाउने गरिन्छ ।

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।

आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।

कोरोना संक्रमणका कारण यो वर्षको फागू पनि फिक्का हुने देखिन्छ । सरकारले कोरोनाको जोखिम कायमै रहेकाले फागू घरभित्रै मनाउन आग्रह गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.