अबको केही दिनमा नै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनमा नै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्काल सरकारको समर्थन फिर्ता नलिन आफूमाथि चर्काे दबाब भएता पनि समर्थन फिर्ता लिन आफु अब धेरै दिन नकुर्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘हिजो ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुले समर्थन फिर्ता नली है भनेर मलाई दबाब दिनुभएको छ, तर म अब नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिनँ । जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई धेरै समर्थन गर्न सक्दिनँ चाहे जेसुकै होस् । केही दिनभित्रै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

त्यस्तै प्रचण्डले  फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव सदनमा लगेकै कारण एमाले र माओवादी ब्यूँताउने काम भएको आरोप लगाए ।

प्रचण्डले भने, ‘फागुन २३ गते संसदबाट ओलीलाई हाटाउ संसद सचिवालयमा पुगेपछि पार्टी अलग गरियो । सबैभन्दा बढि म माथि प्रहार भइरहेको छ । म माथि अन्याय भएको छ । मलाई तपाईहरुले न्याय दिनुहोस् ।’

यस्तै प्रचण्डले प्रधानमन्त्री ओलीलाई हटाउन नेपाली कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी रहेको बताए । उनले सदनबाट हटाउन नसकिए सडकमा आउने चेतावनी समेत दिए ।

प्रचण्डले भने, ‘कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी छ । दुई चार दिन संसदमा प्रयास गर्ने हो । नभए सडकमा आउँछौं ।’

Leave A Reply

Your email address will not be published.