इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु

0

एजेन्सी : इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा थप १ सय ६५ जना घाइते भएका छन् ।

कायरोबाट लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ जाँदै गरेको र कायरोबाट असवान शहरतर्फ गैरहेको रेल ठोक्किएर दुर्घटना भएका हुन् ।

गुडिरहेका दुवै रेलमा आपतकालीन ब्रेक लगाएपछि दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनापछि रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका थिए ।

इजिप्टका राष्ट्रपति अब्दुल फताह अलसिसीले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । सन् २००२ मा इजिप्टमा गुडिरहेको रेलमा आगलागी हुँदा ३ सय ७३ जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.