ओलीलाई नेपालको जवाफ : तपाईंका गतिविधिहरु कारबाही गरिनुपर्ने प्रकृतिको देखिन्छ (पूर्णपाठ)

0

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३ बुँदे स्पष्टीकरण दिएका छन् । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीमाथि नै प्रश्न गर्दै १३ बुँदे स्पष्टीकरण दिएका हुन् ।

चैत ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको र उनीमाथि नै कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘तपाईंले गर्नुभएका गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिको देखिन्छ,’ जवाफमा भनिएको छ ।

त्यस्तै नेता नेपालले ओलीमाथि सर्वोच्च अदालतको आदेशको अवज्ञा नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको आरोप लगाएका छन् । ‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’ नेपालले प्रश्न गरेका छन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
Leave A Reply

Your email address will not be published.