नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

0

काठमाडौं : नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।

कानून व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

मंगलबार स्थायी समिति बैठकअघि माओवादीले कानुन व्यवसायीहरूसँग छलफल गरेको थियो । छलफलमा कानून व्यवसायीहरु शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भएको र मागदाबी नै नगरिएको विषयमा फैसला आएकोले ६० दिनभित्र पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

त्यस्तै बैठकले संसदको रक्षा गर्न सरकारलाई दिएको समर्थन फिर्ता नलिएको प्रमुख सचेतक गुरुङले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.