बंगलादेशमा रोहिङ्ग्या बस्ने शिविरमा आगलागी हुँदा, एक हजार बढी घर जलेर नष्ट

0

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् ।

बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् ।

यो शिविरमा घरहरु बाँस र काठले बनेका थिए । यो शिविरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी भएको कक्स बजारमा काम गरिरहेका राहत संस्थाका व्यक्तिहरुले बताएका छन्। यो वर्षको जनवरीमा पनि आगलागीका कारण हजारौँ व्यक्तिहरु घरबारविहीन भएका थिए ।

तीन वर्ष पहिले म्यानमारमा हिंसाका कारण रोहिङ्ग्या मुसलमानहरू आफ्नो ज्यान बचाउन बंगलादेशमा शरण लिएर बसिरहेका छन् । पछिल्लो समय बंगलादेशको सरकारले केही रोहिङ्ग्या शरणार्थीलाई एउटा टापुमा शिविरहरु बनाएर बसोबासको व्यवस्थासमेत गर्दै आएको छ ।

नयाँ शिविर कक्स बजारभन्दा सुरक्षित रहेको र बस्ने व्यवस्था राम्रो भएको बंगलादेशका सरकारी अधिकारीहरुले दाबी गरेका छन् । कक्स बजारमा रहेको यो शरणार्थी शिविरमा ११ लाखभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.