एमाले ओली समूहको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

0

काठमाडौं : नेकपा एमाले ओली पक्षको संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् ।

संसदीय दलको बैठक र त्यस लगत्तै केन्द्रीय समितिको बैठक राखिएको छ । केन्द्रीय समिति बैठकमा यसअघि कुनै पक्षमा नलागेका बामदेब गौतम भने सहभागी हुुने भएका छन् ।

तर नेपाल–खनाल पक्षले सहभागिता नजनाउने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले त्यसको निर्णय खारेज हुनुपर्ने सर्त नेपाल खनालको छ ।

शुक्रबार साँझ बसेको स्थायी समिति बैठकले बैठकले सहभागिता नजनाउने निर्णय गरेको हो । यसअघि चैत ५ गते बसेको संसदीय दलको बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको थियो ।

त्यस्तै संसदीय दलको विधान संशोधनसम्बन्धी प्रस्ताव गर्न कार्यदलसमेत गठन गरेको थियो । त्यो बैठकमा नेपाल खनाल पक्ष भने सहभागी थिएनन् ।

माओवादी केन्द्रबाट आएका २३ जनालाई एकलौटीरूपमा केन्द्रीय कमिटीमा मनोनीत गरेको र जिम्मेबारी हेरफेर गरेकोमा नेपाल खनालको असहमति छ ।

Leave A Reply

Your email address will not be published.