दुई साताभित्र नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउने

0

काठमाडौं : भारतसँग खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । नेपालले खरिद गरेको २० लाख मात्रा खोप दुई साताभित्र नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै डब्लुएचओको पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा खोप नेपालले पाउनेछ । त्यस अन्तर्गत हालसम्म तीन लाख ४८ हजार मात्रा खोप मात्रै भित्रिएको छ ।

दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अपेक्षा गरिएको छ । स्थगित खोप अभियान खोप आउनासाथ फेरि सुरु हुने मन्त्रालयले जनाएको छ । अहिलेसम्म १७ लाख जनाले खोप पहिलो मात्रा लगाइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.