रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

0

काठमाडौं : सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

अग्निप्रसाद खरेलले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीले बडाललाई महान्यायाधिवक्ताका लागि बडाललाई सिफारिस गरेका थिए ।

शुक्रबार दिउँसो महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । 

राष्ट्रपति भण्डारीले बडाललाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्ष हुन् । 

Leave A Reply

Your email address will not be published.