महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

0

काठमाडौं : महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुनमा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषद्‌मा उनले कानुनमन्त्रीको जिम्मेवारी पनि वहन गरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा खरेलले उक्त कदमको प्रतिरक्षा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.