कांग्रेस नेता जोशीको उपचार गर्न सरकारले १० लाख सहयोग गर्ने

0

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको परिवारका सदस्यलाई सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएका हुन् ।

उपप्रधानमन्त्री शुक्रवार बिहान साढे ९ बजे नर्भिक अस्पताल पुगेका थिए । उनले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएको अस्पतालले जनाएको छ । सो क्रममा उनले जोशीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

गत फागुन १४ गते मष्तिष्कघात भएपछि जोशीलाई वीर हुँदै नर्भिक अस्पताल पुर्‍याइएको थियो । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

उपचार शुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.