प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची

0

काठमाडौं : संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो एक बजे संसद भवन बानेश्वरमा प्रतिनिधिसभा बैठक बस्न लागेको हो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कोइरालाको बिहीबार निधन भएको हो ।

सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ । राजनीतिक दलहरुबीच पछिल्लो समय विवाद बढ्दै जाँदा संसद बैठक प्रभावित हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.