सरकारले उखु किसानको भुक्तानी समस्याको दीर्घकालीन समाधान निकालेको छ : मन्त्री अर्याल

0

काठमाडौं : नेपाल सरकारले उखु किसानहरुको उखु बिक्री तथा भुक्तानीको समस्याको दीर्घकालिन समाधान निकालेको बताएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा आर्यलले उखु किसानको भुक्तानी समस्याको दिर्घकालिन समाधान निकालेको दाबी गरेकी हुन् ।

उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा/सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको मन्त्री अर्यालको भनाइ छ ।

मन्त्री अर्यालले मन्त्रालय सम्हाल्ने बित्तिकै किसानको समस्यालाई तत्काल गर्न सकिने र दीर्घकालिन समस्या के हुन सक्छ भनेर अध्ययन गराएको पनि बताइन् ।

किसानहरुको भुक्तानी बक्यौता ८५ प्रतिशत भइसकेको दाबी समेत मन्त्रालयको छ । कृषि मन्त्रालय आफैले भुक्तानी गर्न बाँकी रहेको करिब २ करोड रुपैँया समेत किसानको खातामा गएको जनाएको छ ।

किसानहरुले फेरि यस प्रकारको समस्या झेल्न नपरोस् भनेर अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिने मन्त्री अर्यालले बताइन । किसान दर्ता प्रक्रियामा आएपछि सरकारले दिने अनुदान किसानको बैंक खातामा जानेछ ।

यससँगै किसानलाई उखुको उन्नत जातको बिउ उपलब्ध गराउन मित्र राष्ट्र भारतबाट ल्याउने गरी परराष्ट्र मन्त्रालय मार्फत कृषि मन्त्रालयले काम अगाडी बढाइ सकेको पनि मन्त्री अर्यालले बताइन् । मन्त्रालयले नार्क मार्फत उखु उत्पादन हुने १२ वटा जिल्लामा उखुको ब्रिडिङ गर्ने कामको थालनी भइसकेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.