नेपाल पक्षका सांसद संसदीय दलको बैठकमा नजाने

0

प्रधानमन्त्री केपी ओलीले बिहीबार आह्वान गरेको संसदीय दलको बैठकमा एमालेका माधव नेपाल पक्षका सांसदहरु सहभागी नहुने भएका छन् ।

राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने सो पक्षले जनाएको छ ।

राष्ट्रिय भेलाको पहिलो दिनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सोपक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमा आफूहरुको सहभागिता नहुने जानकारी दिए ।

त्यस्तै चैत ७ गते ओलीले गुट भेला मात्रै गर्न लागेको पनि बताए । सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २ जेठ २०७५ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने भट्टराईले बताए ।

त्यस्तै उनले आफूहरुको उद्धेश्य विभाजन नरहेको स्पष्ट पारे । नेता भट्टराईले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन फिर्ता नगरिएको पनि बताए ।

राष्ट्रिय भेलामा नेता माधव नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न १० वटा समूह विभाजन गरिएको भट्टराईले बताए । समसामयिक विषयमा प्रस्तावहरू पारित गर्दै भेला बिहीबार समापन हुने भट्टराईले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.