नवीन्द्रराज जोशीबारे आएको भ्रमपूर्ण खबरप्रति परिवारको आपत्ति

0

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य सम्बन्धमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सूचना र खबरप्रति उनको परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नर्भिक अस्पतालमा उपचाररत नेता जोशीका स्वास्थ्यबारे भ्रमपूर्ण खबर सार्वजनिक भएपछि उनको परिवारले वक्तव्य जारी गरी निधनजस्तो अति संवदेनशील विषयमा अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न सम्बन्धित सबैमा अनुरोध गरेको हो ।

जोशीको परिवारले अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले खबर भ्रमपूर्ण भएको प्रष्ट पारेको छ । यद्यपि अस्पतालले भने जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जनाएको छ । 

वक्तव्यमा कुनै पनि व्यक्तिको निधनजस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा खबर सम्प्रेषण नगर्न सबैमा अनुरोध गरिएको छ ।

फागुन १४ गते मस्तिस्कघात भएपछि जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुँदै आएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.