अमेरिकाको कोलोराडोमा भारी हिमपातपछि आपतकालको घोषणा

0

एजेन्सी : भारी हिमपातपछि अमेरिकाको कोलोराडो राज्यमा आपतकाल घोषणा गरिएको छ । डेनवर लगायतका शहरहरुमा १८ देखि २४ इन्जसम्मको हिउँ जमेपछि आपतकाल घोषणा गरिएको हो ।

कोलोराडोमा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरिएको छ । यातायातका साधन सञ्चालन अवरुद्ध भएका कारण कोलोराडोका विद्यालय, कलेजहरु बन्द गरिएका छन् ।

डेनबर लगायत अन्य राज्यहरुमा भएको भारी हिमपातका कारण २ हजार हवाई उडानहरु रद्द भएका छन् । हवाई सेवा अवरुद्ध भएका कारण सयौं यात्रु विमानस्थलमा नै बस्न बाध्य भएका छन् ।

गत फेब्रुअरीमा टेक्सासमा भारी हिमपात हुँदा २१ जनाको मृत्यु भएको थियो । हिमपातले २५ दिनसम्म जनजीवन प्रभावित भएको थियो ।

Leave A Reply

Your email address will not be published.