तिनाउ नदीमा यात्रुबस खस्यो ४ को मृत्यु

0

बुटवल, २३ साउन । पाल्पाको दोभानस्थित सिद्धबाबामा शनिबार पहिरो खसेपछि भएको मिनिबस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवल जाँदै गरेको लु१ख ५७७१ नम्बरको मिनिबस सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोका कारण तिनाउ नदीमा खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा पाल्पा ताहुकी विद्या श्रेष्ठ र ठेगाना नखुलेको विष्णुबहादुर थापाको सनाखत भएको छ । मृतकमध्ये अन्य दुईजनाको भने सनाखत हुन सकेको छैन् । बसमा सवार २४ यात्रुमध्ये केहीले हामफालेर ज्यान जोगाएका छन् । दुर्घटनामा ८ जना घाइते भएका छन् भने बस नदीमा हराइरहेको छ ।

Leave A Reply

Your email address will not be published.