आज सहमति हुन्छ : प्रम

0

काठमाडौँ, २३ साउन । संविधानसभाको अपराह्न ३ बजेका लागि तय गरिएको बैठक आज साँझ ६ बजेसम्मका लागि स्थगन गरिएको छ । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेललेसंविधानका विवादित विषयमा कुरा मिलाउन राजनीतिक दलका शीर्ष नेताबीच छलफल जारी रहेकाले बैठक तीन घन्टाका लागि पर सारिएको जानकारी दिनुभयो ।
यस्तै आज अपराह्न १ बजेका लागि तय गरिएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अपराह्न ३ बजेका लागि तय गरिएको छ । संविधानका विवादित विषयमा सहमतिका लागि चार प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल जारी छ ।
आज सहमति हुन्छ : प्रम
प्रमुख राजनीतिक दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले आज अबेरसम्म सहमति हुने सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “आज सहमति हुन्छ, निराशावादी कुरा नगर्नुस्, सहमतिको विकल्प छैन ।

Leave A Reply

Your email address will not be published.