आजदेखि ज्येष्ठ नागरिकलाई खोप दिइँदै, प्रधानमन्त्री ओलीले पनि खोप लगाउँदै

0

काठमाडौं : आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत देशभर एकैसाथ खोप अभियान शुरु गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै खोप लगाउँदैछन् । ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजेपछि कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम छ ।

६५ वर्षमाथि सोही उमेर समूहमा परेका प्रधानमन्त्री ओलीले पनि खोप लगाउन लागेका हुन् । यीबाहेक सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।

यसैबीच नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आज ल्याइँदै छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आज काठमाडौं आइपुग्ने भएको हो ।

कोभ्याक्सले कुल जनसङ्ख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने छ । नेपालमा कोरोना खोपको अभाव नहुने भन्दै सरकारले खरिद गर्ने खोप ल्याउने तयारी गरिरहेको छ । ५० लाख डोज खोप भारतसँग खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.