बेल्जियममा पहिलो नेपाली अधिबक्ता बनिन जैनब

0

करिब सात हजार नेपाली समुदायको बसोबास रहेको युरोपको राजधानी भनेर चिनिने मध्य युरोपियन देश बेल्जियममा पहिलो पटक नेपाली मुलकी युबती वकिल (अडभोकात ) बनेकी छिन् । बेल्जियमको गेन्ट शहरमा बस्ने २४ बर्षिया जैनब दिनले मार्च ४ तारिख आप्रबासी लयरको आधिकारिक प्रमाणपत्र लिएर सपथग्रहण गरेकी छिन । उनले मार्च १५ बाट भान देन डोमिनिक बिभी नामक ल फर्ममा काम सुरु गर्ने बताएकि छिन ।

सन २०१४ बाट गेन्ट विश्वबिद्यालयमा कानुनको पढाई सुरु गरेकी जैनबले बिद्यालयको शिक्षा पनि बेल्जियमको लुभेन शहरबाट पुरा गरेकी थिईन । जैनबका बुवा अहेमद दिन मियाका अनुसार विश्वबिद्यालयको पढाई पुरा गरेर ” रेफ्युजी प्रोटेक्सन इन ईस्लामिक ल ” बिषयमा थेसिस बुझाए पछि उनलाई आप्रबासन अधिबक्ताको मान्यता दिईएको छ ।

बेल्जियमको नेपाली समुदायको दोश्रो पुस्ताले विश्वबिद्यालयको शिक्षामा उत्क्रिस्ट स्थान हाशिल गरेर ब्याबसायिक जीबन सुरु गर्न थालेकोमा खुशी लागेको गैर आबासीय नेपाली संघ बेल्जियमका युबा सन्योजक काशी दनैले बताए । गैर आबासीय नेपाली संघ बेल्जियमले आज एक बिज्ञप्ती जारी गरेर जैनब र उनको परिवारलाई बधाई तथा सफलताको शुभकामना दिएको छ ।

नेपाली समुदायका युबा युबतीहरु बेल्जियममा संचार बिज्ञान , अन्तरराष्ट्रिय सम्बन्ध , स्वास्थ्य सेवा लगायतका प्राबिधिक र प्राज्ञिक बिषयमा दक्षता हाशिल गरेर राष्ट्रिय र अन्तररास्ट्रिय संस्थानहरुमा काम गरी रहेका छन ।

Leave A Reply

Your email address will not be published.