विप्लवलाई पार्टीमा स्वागत गर्ने दिनको प्रतिक्षामा छुु : प्रचण्ड

0

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु नेत्र विक्रम चन्द ‘विप्लव’लाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा रहेको बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले विप्लव आफूले कोरेकै गोरेटोमा आएको बताउँदै विप्लवलाई पार्टीमा स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताएका हुन् ।

प्रचण्डले भने, ‘उहाँ अन्ततोगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, यसअर्थमा म उहाँलाई धन्यवाद दिन चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।’

यस्तै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बिग्रिएको कम्युनिष्ट’को संज्ञा दिए । प्रचण्डले कम्युनिष्टहरु बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताए । कम्युनिष्ट आन्दोलन बैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भएतापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैं चलिरहने स्पष्ट पारे ।

उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए । माओले बिग्रिएका कम्युनिष्टलाई कुहेको अण्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष प्रचण्डले भने, ‘एकपटक माओसेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्दा भन्नुभएको थियो कि अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले विग्रिन थाले  र कुहियो भने त्यो भन्दा नराम्रो कोहिपनि हुदैन । केपी ओली त्यही कुहेको अण्डा हो ।’

कार्यक्रममा अर्का अध्यक्ष माधव कुमार नेपालले आफुहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन आग्रह गरे । ‘केपी ओलीलाई हामी अन्तिम मौका दिइरहेका छौं । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भएपनि देखाउनुहोस्,’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफुहरुप्रति कर्केनजर नलगाउन चेतावनी दिए । उनले भने, ‘कसैले पनि कर्के आखा नदेखाए हुन्छ । मुल पार्टी यही हो । सूर्य चिन्ह यही पार्टीको हो । कसैले खोसेर लान सक्दैन ।’

कार्यक्रममार्फत विमल अधिकारीको नेतृत्वको नेकपा माओवादी पार्टी प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका थिए ।

Leave A Reply

Your email address will not be published.