स्थानीयको विरोधले कार्यक्रम नै छाडेर हिँड्न बाध्य भए अर्थमन्त्री पौडेल

0

काठमाडौं : पछिल्लो समय सरकार शिलान्यास र उद्घाटनमा व्यस्त छ । तर, हतारमा गरिने यस्ता शिलान्यासले कतिपय स्थानमा समस्या निम्त्याएको छ ।

बुटवलमा यस्तै एउटा शिलान्यास गर्ने क्रममा अर्थमन्त्रीले अपमानित मात्रै होइन कार्यक्रम नै छाडेर हिँड्नु पर्ने अवस्था आएको देखियो ।

अर्थमन्त्री विष्णु पौडेलले बुटवलस्थित मोतिपुर औधोगिक कोरिडोरको शिलान्यास गरेका छन् । तर, औद्योगिक क्षेत्रको शिलान्यासले स्थानीयमा खुसीभन्दा पनि आक्रोस बढाएको छ ।

मोतिपुर औधोगिक कोरिडोरका लागि अतिक्रमण गरिएको ८ सय १३ बिगाहा जमिनमध्ये २ सय ५० बिगाहा जमिनमा विगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् । उनिहरूले विकल्प मागिरहेका थिए । स्थानीयवासीलाई विकल्प नदिनई जवरजस्ती कोरिडर शिलान्यास गर्न थालेपछि स्थानियले विरोध जनाएका छन् ।

अर्थमन्त्री पौडेलले शिलान्यास गरेर भाषण गर्ने क्रममा स्थानीयले माइकको लाइन काटि दिएपछि मन्त्री पौडेल भाषण बीचमै छाडेर हिँडेका थिए । कडा सुरक्षा घेरामा कार्यक्रम गरिएपनि अर्थमन्त्री हिँडेपछि स्थानीयवासीले कार्यक्रमस्थल वरिपरि आगजनी गरेका छन् ।

शिलान्यास गरिएको क्षेत्र स्थानीयले भत्काउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो । त्यस क्रममा भएको झडपमा कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना सशस्त्र प्रहरीसहित केही प्रहरी घाइते भएका छन् ।

अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन स्थानीयवासी बिहानै प्रदर्शन गरिरहेका थिए । त्यसक्रममा स्थनीय र पौडेल समर्थक बीच ढुंगामुढा समेत भएको थियो ।

यसअघि बिहिबार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएपछि रातारात शसस्त्र प्रहरीले मञ्च खडा गरेपछि अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.