इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको एस्ट्राजेनेकाको खोप

0

एजेन्सी : इटली सरकारले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकेको छ । इटलीस्थित एस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप अस्ट्रेलिया पठाउन रोकिएको हो ।

अस्ट्रेलिया पठाउन कार्गो पानी जहाजमा राखिसकेको अवस्थामा इटली सरकारले खोप पठाउन रोकेको हो । अस्ट्रेलियाले गत सातादेखि फाइजर/बायोएनटेक प्रयोग गर्दै खोप अभियान शुरु गरेको छ । एस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने कार्यक्रम थियो ।

अस्ट्रेलियाले एउटा खेप खोप पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने जनाएको छ । युरोपेली संघ ‘ईयू’ को नयाँ नियम प्रयोग गर्दै इटालीको खोप पठाउन रोक लगाएको हो ।

युरोपली मुलुकलाई दिने प्रतिबद्धता गरेको खोप उपलब्ध नगराएमा निर्यात रोक्नसक्ने निर्णय यसअघि ईयुले गरेको थियो ।

इटलीको कदममा युरोपेली आयोगको साथ रहेको बताइएको छ । इटलीको कदमबारे ईयू र खोप निर्माताले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

एस्ट्राजेनेकाले यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप युरोपेली मुलुकलाई उपलब्ध गराउन सकेको छैन ।

उत्पादनमा आएको समस्याले खोप उपलब्ध गराउन ढिलाइ भएको उसको भनाइ छ । खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको आलोचना हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.