सरकारसँग वार्ता गर्न विप्लव समूहले पनि बनायो वार्ता टोली

0

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

विप्लव समूहले सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य उदय चलाउने दीपक सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको केही समयपछि विप्लव समूहले पनि वार्ता टोली गठन गरेको हो ।

केही दिनअघि विप्लव समूहले विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको संकेत गरेको थियो ।

सरकारका प्रवक्ता पार्वत गुरूङले विप्लव समूहले वार्ता टोली बनाएपछि छिट्टै वार्ता हुने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.