कसैले हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुईतिहाई ल्याउँछु : प्रधानमन्त्री ओली

0

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस् भन्दै आउँदो चुनावबाट दुई तिहाई ल्याएर सिंहदरबारमा फर्किने दाबी गरे ।

उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, तर आउँदो चुनावमा दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ यद्यपि उनले अहिले आफूलाई हटाउन सजिलो नभएको बताए ।

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले बिएन्डसी प्रस्तावित मेडिकल कलेजले चाँडै सम्बन्धन पाउने घोषणा पनि गरे । सम्बन्धनका लागि प्रक्रिया अघि बढेको र बि एन्ड सीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने ओलीले बताए ।

प्रधानमन्त्री ओलीले मार्सी बियर, माफिया ह्वीस्की र डन इनर्जी ड्रिङ्स बजारमा ल्याएर विरोधीलाई जवाफ दिएको भन्दै पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको प्रशंसा गरेका थिए ।

घुमाउरो पाराले संसद पुनर्स्थापना गर्ने अदालतको निणर्यप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले फागुन २३ गतेबाट सुरु हुने संसद अधिवेशनमा सर्वोच्च अदालतको फैसलाको परीक्षण हुने बताए ।

Leave A Reply

Your email address will not be published.