जोन्सन एण्ड जोन्सनको खोपले अमेरिकामा पायो अनुमति

0

एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो ।

एक डोज मात्रै लगाए पुग्ने यो खोप स्वीकृत गर्ने अमेरिका पहिलो मुलुक हो । यसअघि अमेरिकाले फाइजर र मोर्डेनाको खोपलाई स्वीकृत गरेर प्रयोग गरिरहेको छ । यो खोप फ्रिजरमा नभएर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्ने सहज किसिमको रहेको छ ।

फाइजर तथा मोडेर्ना खोप दुई पटक दिनुपर्ने र डिपफ्रिजर आवश्यक पर्ने हुँदा वितरणमा कठिनाइ हुने गरेको थियो । जोन्सन एण्ड जोन्सनको खोप निकै सस्तो हुनेपनि बताइएको छ ।

जनवरीमा गरिएको मानवीय परीक्षणमा यो खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको थियो । यो खोपले संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत सहयोग गर्ने बताइएको छ ।

परीक्षणका क्रममा कसैको पनि मृत्यु भएको छैन भने संक्रमित विरामी भएर अस्पताल समेत भर्ना हुनु परेको छैन ।

Leave A Reply

Your email address will not be published.