प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सोमबार सर्वोच्च अदालत पुगेका थिए ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानसेनापति थापा र प्रधानन्यायाधीश राणाबीच सर्वोच्चले प्राप्त गर्ने सेना मातहत रहेको जमिन हस्तान्तरणका विषयमा छलफल भएको थियो ।

सेनाले भोगचलन गरिरहेको ३७ रोपनीमध्ये ९ रोपनी जमिन सर्वोच्चलाई दिने तयारी भएको छ । सर्वोच्च अदालत भवनको पछाडि रहेको सेनाको घोडचढी पल्टनले भोगचलन गरिरहेको जमिन सर्वोच्चलाई दिनका लागि थापा र राणाबीच समन्वयात्मक भेट भएको प्रवक्ता पौडेलले जनाए ।

राणा र थापाबीच करिब ४५ मिनेट छलफल भएको थियो । अहिलेको राजनीतिक गतिविधिका कारण प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीचको भेटले राजनीतिक वृत्तमा भने तरंग ल्याएको छ ।

Leave A Reply

Your email address will not be published.