तेस्रो लिंगीलाई पहिचान खुलाएरै राहदानी

0

काठमाडौं, २२ साउन । सरकारले लैगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई पनि राहदानी वितरण सुरु गरेको छ । राहदानी विभागले तेस्रो लिंगीको पहिचान खुलाएर राहदानी दिन थालेको हो । लैंगिक अल्पसंख्यकले अबदेखि पुरुष वा महिलाको साटो अन्य समुह लेखिएको राहदानी पाउने छन् । सर्वोच्च अदालतले दिएको आदेशअनुसार राहदानी सम्बन्धी कानुनमा आवश्यक संसोधन गरेर सरकारले तेस्रो लिंगी समुदायलाई पनि राहदानी वितरण सुरु गरेको हो ।
सर्वोच्चले २०७० साल जेठमा तेस्रो लिंगीको पहिचान खुलाएर राहदानी दिने व्यवस्था गर्न सरकार र परराष्ट्र मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । तेस्रो लिंगीहरूले परिचय खुलाएर नागरिकता पाइसकेपछि राहदानी पनि सोहीअनुसारको पाउनुपर्ने भन्दै सर्वोच्चले उक्त आदेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार सरकारले आवश्यक कानुन संशोधन गरेपछि राहदानी विभागले तेस्रो लिंगीलाई राहदानी वितरण थालेको हो ।

Leave A Reply

Your email address will not be published.