हिन्दु राष्ट्रको माग गर्दै पूर्वाञ्चल बन्द

0

विराटनगर, २२ साउन । हिन्दु राष्ट्रको माग गर्दै सनातन हिन्दु राज्य संघर्ष समितिले आयोजना गरेको बन्दका कारण शुक्रबार बिहानैदेखि पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ । १५ दिनदेखि सुनसरीको इटहरी केन्द्र बनाएर हिन्दु राष्ट्रको माग गर्दै शान्तिपूर्ण आन्दोलन थालेको संघर्ष समितिले सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै शुक्रबार पूर्वाञ्चल बन्द गरेको हो ।
बन्दको प्रभाव पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायतका जिल्लामा परेको छ । बन्दका कारण बजार, यातायात, कलकारखाना, शैक्षिक संस्थासमेत ठप्प छन् । बन्द आह्वानकर्ता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । सवारी साधन सञ्चालन नहुँदा हजारौं सर्वसाधारण बाटोमै अलपत्र परेका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी धरपकड गरेपछि बाध्य भएर दबाबमूलक आन्दोलन गर्नुपरेको आन्दोलनका अगुवा राजेन्द्र पोखरेलले बताए ।

Leave A Reply

Your email address will not be published.