प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशत भागबण्डाको सहमति

0

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणमा आधा–आधा गर्ने सहमति भएको छ ।

पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरुमा दुई अध्यक्षहरुले हस्ताक्षर गरेका हुन् ।

यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा पदाधिकारी नियुक्त गरिने छ ।

प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिने सहमति भएको छ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।

यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा पनि ५०–५० प्रतिशत हुनेगरी विशेष व्यवस्था गर्ने सहमति भएको छ ।

Leave A Reply

Your email address will not be published.