प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

0

काठमाडौं : प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेश भएको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव टेबुल गरेका हुन् । अविश्वासको प्रस्तावको समर्थक लक्ष्मण तिवारी रहेका छन् ।

मुख्यमन्त्री राई विरुद्ध नेकपा दाहाल नेपाल समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेश भएको हो ।

९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना सांसद रहेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड–माधव समूहका ३७ जना सांसदहरुले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ती मध्ये ४ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । प्रदेश सभामा बहुमतका लागि ४७ जना सदस्य आवश्यक हुन्छ ।

अविश्वास प्रस्ताव पेश भए लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले अर्को बैठक फागुन २० गते दिउँसो १ बजे बस्ने गरी आइतबारको बैठक स्थगित गरेका छन् ।

Leave A Reply

Your email address will not be published.