‘जनताभन्दा ठूलो न्यायाधीश कोही हुँदैन, मुलुकलाई स्थिरतातर्फ लान ताजा जनादेश’

0

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनता भन्दा ठूलो न्यायाधीश कोही नहुने बताएका छन् । मुलुकलाई अस्थिरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै उपप्रधानमन्त्री पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश कोही नहुने भएकाले ताजा जनादेशमा गएर मुलुकलाई स्थिरतातर्फ लान खोजिएको बताएका हुन् ।

शनिबार काठमाडौंको हाँडीगाउँस्थित पुनर्निर्मित भीमसेन मन्दिरको उद्घाटन समारोहमा बोल्दै उनले राजनीतिक स्थायीत्व भएमात्र मुलुक विकासको बाटोमा अघि बढ्ने र मुलुकबाट अराजकता अन्त्य हुने जिकिर गरे ।

उनले एक कार्यकालको सरकारलाई पूरा अवधिभर काम गर्न दिनुपर्ने भएपनि सरकार बदल्ने चलखेल भएको तर्क गरे ।उनले बैशाखमा तोकिएको निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाउन पनि सबैमा आग्रह गरे ।

बागमती प्रदेश सरकार, पुर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय जनसहभागितामा भीमसेन मन्दिरको पुनर्निर्माण गरिएको भीमसेन मन्दिर पुनर्निर्माण उपभोक्ता समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.