अमेरिकाद्वारा इरानसँग आणविक सम्झौताका लागि पुनः वार्ताको आग्रह

0

एजेन्सी : अमेरिकाले आणविक सम्झौताका लागि पुनः वार्ता गर्न इरानसँग प्रस्ताव गरेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि बाइडेन प्रशासनले आग्रह गरेको हो ।

विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युरोपेली साझेदारहरुसँगको छलफलमा नयाँ ढंगबाट आणविक सम्झौताका लागि इरानसँग वार्ता गर्न अमेरिका तयार रहेको बताएका हुन् ।

इरानसँग प्रत्यक्ष सम्बन्धका लागि राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको यो सबैभन्दा ठोस् कदम हो ।

इरानले भने आफूमथि लगाइएका प्रतिवन्धहरु हटाएपछि मात्रै वार्ता हुनसक्ने जनाएको छ । इरानको विदेशमन्त्रालयका प्रवक्ता सईद खतिबजादेले अमेरिकाको प्रस्तावमा तत्कालै विस्वास गर्ने वातावरण नभएको बताएका छन् ।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीसँग यसअघि भएका सम्झौताको पालना नभए आफूहरु वार्ताका लागि तयार नहुने चेतावनीसमेत उनले दिए ।

Leave A Reply

Your email address will not be published.