बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने

0

काठमाडौं : नागरिक समाजले आज टुँडिखेल घेर्ने भएको छ । नागरिक आन्दोलन दिउँसो दुई बजेपछि रत्नपार्कबाट शुरु भई भद्रकाली शहीद गेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्नेछ ।

बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको हो । बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ नाम दिइएको घोषणापत्र टुँडिखेलमा हुने आन्दोलनबाट सार्वजनिक गर्न लागिएको हो ।

गत माघ २० गतेको नागरिक आन्दोलनपछि पत्रकार र लेखक मिलेर नागरिक समाजले आन्दोलनको घोषणापत्र २०७७ तयार पारेका हुन् ।

सभामा सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, जितेन्द्र चेपाङ, नेपालमान डंगोल, खगेन्द्र संग्रौला, रीताकुमारी साह, नारायण वाग्लेले सम्बोधन गर्नेछन् भने लेखिका सरिता तिवारीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा विघटनपछि नागरिक समाजले निरन्तर रुपमा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.