प्रचण्ड-माधव समूहको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन

0

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले बिहीबार काठमाडौंको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ । 

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको भन्दै सो समूहले पूर्वघोषित संघर्षका कार्यक्रम अन्तर्गत सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेतृ पम्फा भूषालले जानकारी दिए ।

मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए । मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ लगातएतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

मानव साङ्लो दिउँसो ४ बजे शुरु भएर ५ बजे सकिएको थियो । नेकपा प्रचण्ड-माधव समूहले  फागुन २ गते चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिने र यसबीचमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको नेतृ भुषालले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.