कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

0

एजेन्सी : कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेका छन् ।

उद्धारकर्ताहरुले तीन सय भन्दा बढीलाई जिवितै उद्दार गरेका छन् । रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको बताइएको छ ।

गत महिना पनि सोही क्षेत्रको किबु तालमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो सन् २०१० को जुलाइमा बुण्डुमको पश्चिमी क्षेत्रमा डुंगा दुर्घटना हुँदा एक सय ३५ जनाले ज्यान गुमाएका थिए ।

Leave A Reply

Your email address will not be published.