कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै

0

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत कांग्रेसले जिल्ला स्तरमा विरोधसभा आयोजना गर्न लागेको हो ।

आज सभापति शेरबहादुर देउवाले रुपन्देहीको बुटवलमा आयोजना हुने विरोध सभालाई र वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ र महामन्त्री डा. शशांक कोइरालाले दाङमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहमा विरोध प्रदर्शन गरिसकेको थियो । कांग्रेसले भ्रातृ संस्था र शुभेच्छुक संस्थाको संयोजनमा समेत विरोध प्रदर्शन गरिसकेको छ ।

विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले पुस ५ गतेदेखि नै आन्दोलन गर्दै आएको छ । यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो ।

तर कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरु सर्वोच्च अदालतको आदेश कुर्ने र उसको फैसला मान्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु प्रतिनिधिसभा पुर्नस्थापना हुनैपर्ने पक्षमा छन् ।

Leave A Reply

Your email address will not be published.