सत्यमोहन जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घोषणा

0

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् । 

नइ प्रकाशनले शुक्रबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उनीहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्काेस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताए ।

जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाऊन् भनी दान गरेको बताए । लामो उमेरसम्म कसरी र के कारणले शरीर स्वस्थ्य रह्यो भन्ने कुराको अनुसन्धान होस् भन्ने हेतुले शरीर दान गर्न लागेको उनले बताए ।

मेडिकल कलेजलाई लेखिएको मञ्जुरी पत्रमा १०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षर रहनाका साथै उनीहरुका छोरा अनुराज जोशीको सहमतिको हस्ताक्षर गरिएको छ ।

Leave A Reply

Your email address will not be published.